images
images
  • नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

    काठमाडौं- हिजो दिउसो देखि अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

    ईच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पूलमा माथिबाट सुख्खा पहिरो निरन्तर झरेपछि पहिरो हटाउन नसकिएको हो। अहिले पनि पहिरो झर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।

    बिहीबार (हिजो) दिउँसो साढे १ बजे निरन्तर सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक अबरुद्ध छ। यहाँ हिजो बिहान साढे ९ बजे सुख्खा पहिरो खसेको थियो।

    सो पहिरो साढे १० बजे हटाएपछि दुई तर्फी नै सवारी साधन गुड्न थालेका थिए। फेरि सोही ठाउँमा पहिरो खस्दा यात्रु समस्यामा परेका छन्। दैनिक हजारौँ सवारी साधन गुड्ने अति व्यस्त सडकमा सवारी आवागमन अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्।

    अहिले यस सडक भएर गन्तव्यमा हिँडेका सवारी साधनको लामो लाइन छ। प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images