images
images
  • एक सातामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य एक सातामा दुई हजार रुपैयाँ घटेर कारोबार भएको छ ।

    महिनाको पहिलो दिन असार १ गते एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

    त्यस्तै, बिहीबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घटेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    एक सातामा चाँदीको मूल्य ९० रुपैयाँ घटेर कारोबार भएको छ । असार १ गते प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३३५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबारको तुलनामा चाँदी २५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images