images
images
  • मन्त्री सिंहको अन्तिम श्रद्धाञ्जली धनगढी रङ्गशालामा, अन्त्येष्टिका लागि बझाङ लगिने

    धनगढी- सडक दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कैलालीको धनगढी रंगशालामा राखिएको छ।

    प्रदेश सरकारले श्रद्धाञ्जली अर्पण गर्नका लागि दिवगत मन्त्री सिंहको शव बुधबार बिहान धनगढी रंगशालामा राखेको हो।

    उनको पार्थिव शरीरमा फूलमाला चढाउन तथा अन्तिम श्रद्धाञ्जली दिन स्थानीयको भीड छ। नेता, कार्यकर्ता तथा शुभचिन्तक बिहानैदेखि रङ्गशालामा प्रतीक्षामा थिए।

    करिव १०:३० बजेतिर सिंहको पार्थिव शरीर सेती प्रादेशिक अस्पतालबाट श्रद्धाञ्जलीका लागि धनगढी रङ्गशाला ल्याइएको थियो

    मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा सर्वसाधारणले धनगढी रंगशालामा दिवगत मन्त्री सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरे।

    राजकीय सम्मानसहित मन्त्री सिंहको शरीरमाथि श्रद्धाञ्जली अर्पण गरिएको हो।

    धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका सिंहको शव गृहजिल्ला बझाङ लगिनेछ।

    मंगलबार दिउँसो बझाङको केदारस्युँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटनामा हुँदा उनकी पत्नी र भाउजूको पनि निधन भएको थियो।

    दुर्घटनामा घाइते चालक र पीएसओको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images