images
images
  • प्रहरी सहायक निरीक्षक भदैसवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सेवाग्राहीसँग घुस लिएको आरोपमा तत्कालीन इलाका प्रहरी कार्यालय मिर्चैया सिराहाका प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवाररिुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक भदैसवारले जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग नौ हजार घुस–रिसवत लिएको अख्तियारको ठहर छ  ।

    घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय र्दिबासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images