images
images
  • ५२ अंक बढ्दा ४ महिनायताकै उच्च विन्दुमा नेप्से, सेयर कारोबार कति ?

    काठमाडौं- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ ।

    साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो ।

    आज सेन्सेटिभ इण्डेक्स ७.१८ अंकले बढेर ३९०.५६ विन्दुमा पुगेर बन्द भएको छ।

    आज २८० कम्पनीको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सेयर ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैयाँमा खरिदबिक्री भयो। आज ८ कम्पनीको मूल्य कारात्मक सर्किट लेभलमा कारोबार भयो।

    नेपाल इन्स्योरेन्स,प्रभु लाइफ,ग्रीन भेन्चर्स,सुपर मादी हाइड्रोपावर,आत्मनिर्भर लघुवित्त वित्तीयलगायत ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो।

    सो कम्पनीको ३६ करोड ६४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यस्तै आईजीई प्रुडेन्सियल इन्स्योरेन्सको १६ को सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने एकको मात्रै घट्यो। लाइफ इन्स्योरेन्स उपसमूहको सूचक सर्वाधिक ६.३८ प्रतिशतले बढ्यो।

    यस्तै होटल्स एन्ड टुरिजमको ६.१५ र अदर्श उपसमूहको ६ प्रतिशतले सूचक बढेको हो। यसदिन बैंकिङ उपसमूहको सूचक भने ०.२९ प्रतिशतले ओरालो लाग्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images