images
images
  • उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्बमा सीमित

    काठमाडौं- सेयर कारोबार साताको अन्तिम दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

    दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकिएको छ ।

    यसदिन नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम बु्धबारको तुलनामा घटेको छ। यसदिन २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँमा खरिदबिक्री भयो।

    अघिल्लो कारोबार दिन बुधबार ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको सेयर कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक १६.४२ अंकले बढेको थियो।

    आज दुईवटा कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको हो। सिटी होटलको ९.९७ र अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.२० प्रतिशतले
    बढेको हो।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड मूल्य बराबरको कारोबार भयो। सोल्टी होटलको १६ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य घट्यो भने ६ को बढ्यो। होटल्स एन्ड टुरिजम इन्डेक्सको सूचक सर्वाधिक ४.५६ प्रतिशतले बढ्यो।

    आज ७५ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने बाँकी ९ को स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images