काठमाडौं- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ ।
गत सातको अन्तिम कारोबार दिनको तुलनामा नेप्से परिसूचक २.०९ प्रतिशतले वृद्धि भएर १९८०.०९ विन्दुमा रोकिएको छ ।
यसदिन नेप्से परिसूचक ४०.४८ अंकले वृद्धि भएको छ भने कारोबार रकम एक अर्ब १५ करोडभन्दा बढीले वृद्धि भएको छ ।
गत साताको अन्तिम दिन दुई अर्ब ३० करोड रुपैयाँको सेयर करोबार भएकोमा यसदिन ३ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज २७५ धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता खरिद-बिक्री भएको छ ।
दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको १० प्रतिशत र सिटी होटलको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको हो।
यस्तै गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको ८.७० र रिलाइन्स फानान्सको ८.३६ र सिटीजन्स इन्भेस्टमेन्ट ट्रस्टको ८.३१ प्रतिशतले सेयर मूल्य बढ्यो।
कारोबार रकमका आधारमा सिटजन इन्भेस्टमेन्ट ट्रस्ट शीर्षस्थानमा रह्यो। यसको ११ करोड माथिको सेयर कारोबार भयो। शिवम् सिमेन्टको १० करोड ८७ लाखको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स उपसमूहको सूचक सर्वाधिक ५.७२ प्रतिशतले बढ्यो।
इन्भेस्टमेन्ट उपसमूहको ५.११ प्रतिशतले बढ्यो। २१२ कम्पनीको सेयर मूल्य बढ्दा ६ को घट्यो भने बाँकी ५ को मूल्य स्थिर रह्यो।


विश्व खबर 

















