काठमाडौं- नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।
गृह मन्त्रालयको सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीअनुसार पहिलो नम्बरमा रन्जन अवा छन्। दोस्रो नम्बरमा कमल बेल्वासे, तेस्रो नम्बरमा यम श्रेष्ठ र चौथो नम्बरमा एलिजा गिरी छन्।
बढुवाका लागि १४४ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा थिए। रिक्त दरबन्दी ४६ रहेकाले उनीहरुमध्ये ४६ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो।



प्रतिक्रिया दिनुहोस्






















