काठमाडौं- अर्थ मन्त्रालयले सेयर कारोबारमा लाग्ने करको विषयमा स्पष्ट पारेपछि सेयर बजारमा हरियाली छाएको छ।
आज बिहान ब्रोकर कम्पनीमा लगानीकर्ताको तालाबन्दीले कारोबार हुन सकेको थिएन। कारोबार सुरु भएसँगै आज दिनभरजसो सेयर बजारमा उत्साह देखिएको छ।
१८ सय विन्दुमा झरेको सेयर बजार परिसूचक नेप्से आज ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेको छ।
आज दुई सय ७० कम्पनीका ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ६३ लाखबराबरको बारोबार भएको छ।
आज आइजीआई प्रडेन्सियल इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो। यस्तै सामुदायिक लघुवित्त वित्तीयको ९.८७,ग्लोबल आइएमई ब्यालेन्स फन्डको ९.८० र सोल्टी होटेलको ९.६२ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले १५ करोड बढि मूल्यको सेयर कारोबार ग¥यो।
यस्तै सोल्टी होटलको ८ करोड चिली हाइड्रोपावरको ६ करोड बढिको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। होटल् एण्ड टुरिम उपसमूहको सूचक सर्वाधिक ७.३७ प्रतिशतले बढ्यो। नन लाइफ इन्स्योरेन्सको ४.५४ प्रतिशतले बढ्दा डेभलपमेन्ट,फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो र ट्रेडिङ उपसमूहको सूचक ३ प्रतिशत बढिले बढ्यो।
आज २१७ कम्पनीको मूल्य बढ्दा ३ को मात्रै घट्यो।
कारोबार रोकिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्दोलनरत लगानीकर्तालाई मन्त्रालय बोलाएर करबारे स्पष्ट पारेपछि उनीहरूको आन्दोलन स्थगित भएको थियो।
अर्थ मन्त्रालयले पुँजीगत लाभकरको विषयमा साबिककै कानुनी व्यवस्था कायम रहेको सूचना सार्वजनिक गरेसँगै सेयर बजारको कारोबार सुरु भएको थियो। बजार सुरु भएसँगै आज दिनभर कारोबारमा उत्साह देखियो।






















