काठमाडौं- बजेटपछि लगातार बढ्न थालेको सुनको मूल्य आइतबार ह्वात्तै घटेको छ।
गत साता भन्सार दर वृद्धि भएपछि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाले कारोबार भइरहेको छ ।
अघिल्लो दिनका तुलनामा ८ सय रुपैयाँ बढ्दा गत शुक्रबार प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















