काठमाडौं- सेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.१९ अंकले बढेर ३५५.६२ विन्दुमा पुगेको छ।
यसअघि साताको कारोबार दिन आइतबार,मंगलबार र बुधबार नेप्से निरन्तर ओरालो लागेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन।
आन नेप्से बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा खरिदबिक्री भयो।
बुधबार २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार बराबरको सेयर कारोबार भएको थियो।आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.९४ प्रतिशतले मूल्य बढ्यो।
यस्तै बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०८ प्रतिशतले बढ्यो। सनराइज फोकस्ड इक्विटी फन्डको मूल्य सर्वाधिक ६ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा प्रभु बैंक लि प्रमोटर सेयर सर्वाधिक बिक्री भयो। सो कम्पनीको २३ करोड २१ लाख मूल्य बढिको सेयर कारोबार भयो।
यस्तै शिवम् सिमेन्टको ११ करोड र एनआईसी एसिया बैंकको ४ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। नन लाइफ इन्स्योरेन्स उपसमूहको सूचक १.९३ प्रतिशतले बढ्यो।


विश्व खबर 


















