images
images
  • सनराइज बैंकको एक लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं- सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ।

    बैंककी विद्यमान संस्थापक लिलन देवी खेतानले आफ्नो स्वामित्वमा रहेको एक लाख २२ हजार ४५ कित्ता सेयर बिक्री गर्न निवेदन दिएकी हुन्।

    इच्छुक जो कोहीले सेयर खरिद गर्न सक्छ। कुनै व्यक्ति वा संस्थाले आवेदन दिन मिल्छ। कायम संस्थापकले पनि आवेदन पेस गर्न बैंकले आग्रह गरेको छ।

    सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ तय गरिएको छ। सोभन्दा कम मूल्य राखेर निवेदन दिन मिल्दैन।

    खरिद गर्न चाहनेले कति कित्ता कति मूल्यमा किन्ने हो निवेदन बैंकको प्रधान कार्यलयमा दिनुपर्नेछ। आउँदो सात दिनभित्र शिलबन्दी निवेदन दिइसक्नुपर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images