images
images
  • कर नीतिको असर सेयर बजारमा, ५३ अंकले घट्यो नेप्से

    काठमाडौं- अर्थमन्त्री डा. प्रकाशरण महतले लिएको कर नीतिको असर सेयर बजारमा परेको छ ।

    प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेका संस्थाले बोनस सेयर वितरण गरेको भए आउँदो मंसिरसम्म कर बुझाउन भनिएको छ । यस्तै, मर्जर तथा एक्विजेसनमा लाभबाट बोनस सेयर वितरण गर्दा कर तिनुपर्ने बजेटमा व्यवस्था गरिएको छ । त्यसको असर वाणिज्य बैंक र बिमा कम्पनी तथा जलविद्युत् कम्पनीमा पर्नेछ ।

    कर लगाउने अर्थमन्त्री महतको नीतिको असरले बजेटपछि खुलेको नेप्से परिसूचक ५३.१६ अंकले घटेको छ । सेयर बजार बियरिस ट्रेन्डमा रहँदा अर्थमन्त्रीको कर नीतिले बजार थप घट्न मद्दत पुगेको हो ।

    यस्तै, सेयर बजारमा लाग्ने पुँजीगत लाभकरका विषयमा समेत लगानीकर्तामा अन्योल सिर्जना भएको छ । त्यसको असर पनि सेयर बजारमा परेको छ ।

    मंगलबार दुई अर्ब ३४ करोड १७ लाख ७७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

    मन्त्री डा. महतले बजेटमा सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने नीति नलिँदा यसको असर सेयर बजारमा परेको हो । बजारलाई थप घटाउन मद्दत हुने नीति महतले लिएको लगानीकर्ताको बुझाइ छ ।
    मंगलबारै आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले भने यस्तो कर कानुनानुसार नै लिइएको जिकिर गरे ।

    आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आयकरमा भएको व्यवस्थाअनुसार कर लिइएको उल्लेख गरे ।

    अर्थमन्त्रीको नीतिका कारण सेयर बजारमा कर तिनुपर्ने दायित्व भएका सबै कम्पनीको सेयर मूल्य घटेको छ । बजारमा बढी हिस्सा हुने कम्पनीको नै कर दायित्व बढेको हुँदा सेयर बजार प्रभावित भएको हो ।

    सेयर बजारमा भारी अंकको गिरावट आएको छ। सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५३.१६ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको छ।

    सेन्सेटिभ इण्डेक्स ८.७२ अंकले घेर ३६० .७१ विन्दुमा अडिएको छ। आज २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँमा खरिदबिक्री भयो।

    दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिभर लघुवित्त वित्तीयको १० प्रतिशत र बीपीडब्लु वित्तीय संस्थाको मूल्य ९.९८ प्रतिशतले बढेको हो।

    कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। आज माइक्रो फाइनान्स उपसमूहको सूचक सबैभन्दा बढी ३.४२ प्रतिशतले घट्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images