images
images
  • यस्ता छन् प्रधानमन्त्रीको आसन्न भ्रमणको लागि एमालेले दिएका ५ सुझाव

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा देशको अहित हुनेगरी कुनै सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

    सिंहदरबारमा आइतबार दिउँसो पूर्वप्रधानमन्त्री र दलका नेताहरूसँग प्रधानमन्त्रीले गरेको छलफलमा विभिन्न बुँदामा ध्यान दिन सुझाव दिइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा कालापानी, लिपुलेकसहित नेपालको भूमि फिर्ता गर्ने, पञ्चेश्वर सिंचाई आयोजना, नेपालको व्यापार घाटा लगायतका विषयमा गम्भीर छलफल गर्न सुझाव दिएको बताए ।

    भारत भ्रमणको बेलामा प्रधानमन्त्रीलाई एमालेले दिएका पाँच सुझावः

    पहिलो
    २०१६ मा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई २१औं शताब्दी सुहाउँदो बनाउन आवश्यक सुझाव दिन बनाइएको प्रवुद्ध समूहले रिपोर्ट तयार भएको ४ वर्ष भइसकेको छ। भारतको कारण यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम पनि भएको छैन । भारतको कारण इपीजि प्रतिवेदन बुझ्ने काम पनि भएको छैन। प्रधानमनत्रीले त्यसमा विशेष जोड दिनुपर्छ ।

    दोस्रो
    ऐतिहासिक तथ्य, प्रमाण सबै कुराहरुले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितका भूभाग नेपालका हुन भन्ने प्रष्ट छ । यी भूभागलाई नेपाललेृ प्रयोग गर्न पाउनुपर्ने गरी टुंग्याउनुपर्छ। यसलाई गम्भिरतापूर्वक राख्न भनेका छौं ।

    तेस्रो
    नेपाल भारत व्यापारमा ठूलो घाटा छ। वाणिज्य सन्धीको पुनरावलोकन, नेपालका चिय, अलैची, तरकारी लगायतका वस्तुको निर्वाध प्रवेशका लागि पुनरावलोकन हुनुपर्छ । नेपालको उत्तपादनका लागि भारतको उदार रवैयाका लागि पहल गर्न भनेका छौं ।

    चौंथो
    पञ्चेश्वरको पानीको बाँडफाट अहिलेसम्म नटुंगिएको विषय हो। महाकालीको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुंग्याउन भनेका छौं ।

    पाँचौ
    भारतले लामो समयदेखि होल्ड गरेर राखेको अपर कर्णाली, पश्चिम सेती र एएसआर पनि भारतलाई दिने भनिएको छ । होल्डमात्र हुने र नेपालले लाभ नहुने स्थिति बन्छ। अपर कर्णालीको टुंगोमा पुगेर मात्र बाँकी सम्झौतामा अघि बढ्ने राम्रो हुन्छ भनेका छौं ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images