images
images
  • शरणार्थी प्रकरणः अदालतमा बयान चलिरहँदा फरार रहेकी अर्की अभियुक्त पक्राउ

    काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीमा संलग्न अर्की अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

    यो प्रकरणको अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बताए।

    महर्जनलाई पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको हो।
    अब उनको पनि अदालतमै बयान अघि बढ्ने भएको छ। महर्जनसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या पनि अब १७ पुगेको छ।

    यो प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

    यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३० जनाविरुद्ध मुद्दा चलाइएको छ।

    अझै पनि १३ जना फरार सूचीमा छन्। उनीहरुविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरिसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images