images
images
  • कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं- कुमारी बैंकको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्दैछ।

    खरिद गर्न इच्छुक जो कोहीले सेयरमा आवेदन दिन सक्नेछन्। व्यक्ति, संस्था र विद्यमान संस्थापकहरुलाई पनि खरिदका लागि बोलकबोल पेस गर्न बैंकले आग्रह गरेको छ।

    बैंकले सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तय गरेको छ। उक्त मूल्यभन्दा कम राखेर आवेदन दिन पाइदैन।

    यस्तै खरिद गर्न चाहनेले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्छ। अधिकतम सबै कित्ता किन्न पाइन्छ।

    बोलपत्र शुक्रबारदेखि पेस गर्न मिल्ने बैंकले जनाएको छ। जेठ १९ गते अन्तिम म्याद हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images