images
images
  • एलओडी’ बन्यो विश्वकै ४९ औं उत्कृष्ट क्लब

    काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) पुनः विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको छ । केही समय अघि क्लब‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको थियो ।

    युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९ औं स्थानमा परेको हो ।

    म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो ।

    यसअघि सन् २०२२ का लागि ुएलओडीु सय क्लबले ५२ औं स्थानमा प्रवेश पाएको थियो ।यस पटक पनि एलओडी डिजे म्याग टप १०० को छनौट भएर ४९ औ स्थानमा पर्न सफल छ ।

    क्लब चार वर्षअघि स्थापना भएको हो । क्लब ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने क्लबको क्षमता छ । क्लबमा करिब १५० कर्मचारी कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images