images
images
  • युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री आजबाट खुला

    काठमाडौं- युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आजबाट फरदर पब्लिक इस्यु (एफपीओ)को निष्कासन तथा बिक्री खुला गरेको छ। लघुवित्तले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पु¥याउन एफपीओ जारी गरेको हो।

    कम्पनीले १०० रुपैयाँ अंकित दरको ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको सेयर जारी गर्न लागेको हो। कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

    लघुवित्तले आगामी १६ गतेसम्म एफपीओ जारी गर्ने छ। उक्त समयसम्म एफपीओका लागि पर्याप्त आवेदन नपरे सो अवधि जेठ २५ गतेसम्मका लागि थप गरिने छ।

    युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त मर्जरपछि सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशतभन्दा कममा आएको थियो।

    अहिले कम्पनीको कुल चुक्ता पुँजी ११ करोड ६ लाख रुपैयाँ छ। कम्पनीमा अहिले संस्थापक लगानीकर्ताको हिस्सा ९४.०१ प्रतिशत छ भने बाँकी ५.९९ प्रतिशत सेयर सर्वसाधारणको छ।

    चालु आर्थिक वर्षको चैत मसान्तसम्म यस कम्पनी ५ करोड ९८ लाख नोक्सानीमा रहेको छ भने प्रतिसेयर आम्दानी पनि ऋणात्मक (–५७.८१) छ। हाल यस लघुवित्तको दोस्रो बजारमा प्रतिकित्ता १ हजार ३३९ रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images