काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ।
बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो ।
बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















