काठमाडौं- ७० वटा सहकारी संस्थाहरूले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि कर्जा तिर्न आउन ३५ दिने सूचना प्रकाशित गरेको छ ।
बुधबार एक सूचना प्रकाशित गर्दै कोषबाट थोक कर्जा लिएका ७० सहकारी संस्थाहरुले कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउन सूचना प्रकाशित गरेको छ ।
तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरुको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राखी, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने व्यहोरा कोषले जनाएको छ ।
हेर्नुहोस् कर्जा नतिर्ने सहकारी संस्थाका सूचीः

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















