काठमाडौं- स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा करोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी मूल्य पनि प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । गत मंगलबार प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















