images
images
  • मोबाइल वा इमेलमा आएको कोड कसैले नदिन नबिल बैंकको आग्रह

    काठमाडौं- नबिल बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउन अनुरोध गरेको छ ।

    पछिल्लो समय बैंक एवं अन्य संस्थाको नाम लिएर प्रयोगकर्ताको इमेल वा मोबाइलमा आएको कोड मागेर ह्याक गर्ने र पैसा समेत ठगी गर्ने घटनाहरू बढेका छन् ।

    यस्तोमा नबिल बैंकले यस किसिमको गोप्य राख्नु पर्ने जानकारी कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको हो ।

    मंगलबार एक सूचना जारी गर्दै बैंकले भनेको छ, “बैंकले इमेल वा फोनमार्फत तपाईको पासवर्ड वा अन्य गोप्य राख्नु पर्ने जानकारी नसोध्ने भएकोले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा उपलब्ध नगराउन हुन हाम्रो अपिल छ ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images