काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडमा रहेको रन्जना सिनेप्लेक्सबीच सम्झौता भएको छ ।
बैंक र सिनेप्लेक्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकहरूले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा पाँच प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















