images
images
  • लुम्बिनीमा थपिए ३ मन्त्री, सरकार अझै अपूर्ण

    बुटवल- लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याविनेटमा आज तीन जना मन्त्री थपिएका छन् ।

    मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक/एक जना गरि तीन जना थपेर सात सदस्यीय मन्त्रिपरिषद् बाएका छन् ।

    कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् ।

    त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

    नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

    यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images