काठमाडौं- कुमारी बैंकले बोलकबोल(मूल्य बढाबढ) मार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ।
संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १६ हजार १४० कित्ता सेयर बेच्ने भएको हो।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ। तसर्थ सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र निवेदन बुझाउन सक्ने बैंकले जनाएको छ।
बोलपत्र आवेदन बीओके. क्यापिटल मार्केट नारायणचौर नक्सालबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।
सेयर बिक्रीका लागि बैंकले न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ। तसर्थ सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले तोकिएको मूल्य भन्दा कम मूल्य नहुने गरी बोलकबोल गर्नु पर्नेछ।
निर्धारित अवधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदमा आवेदन नपरे बैंकले अन्य संघसंस्था तथा व्यक्तिका लागि बिक्री खुला गर्नेछ।


विश्व खबर 



















