images
images
  • आजको मौसम: कहाँ कहाँ हुदैछ वर्षा ?

    काठमाडौं- पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज पनि देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ । विशेषतः पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ ।

    आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    यस्तै, कोसी, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images