images
images
  • स्पेनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ७३ जना पक्राउ

    काठमाडौं– आवासको पहुँच र क्रयशक्तिको विषयलाई लिएर स्पेनभर प्रदर्शन भएपछि म्याड्रिड र बार्सिलोनामा छिटपुट झडप भएका छन् । समयअगावै हुन लागेको आमनिर्वाचनको केही साताअघि देशभर विरोध प्रदर्शन भएको हो ।

    सन् २०१२ पछि पहिलो पटक स्पेनमा बुधबार २४ घण्टे राष्ट्रव्यापी आमहड्ताल भएको थियो । सो हड्तालका क्रममा लाखौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।

    अधिकारीहरूका अनुसार राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार प्रदर्शनकारीले र्याली निकालेका थिए भने बार्सिलोनामा ५० हजारभन्दा बढी मानिस विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

    spain protest 12b

    म्याड्रिड र बार्सिलोनामा मुख छोपेका तथा नकाब लगाएका प्रदर्शनकारीका केही समूहले प्रहरीमाथि विभिन्न वस्तु प्रहार गरेका थिए भने आगजनीसमेत गरेका थिए । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न रबरका गोली र अश्रुग्याँस प्रयोग गरेका थिए ।

    spain protest 12

    प्रहरीका अनुसार बुधबार राति देशभर कम्तीमा ७३ जना पक्राउ परेका थिए । आमहड्तालसँग सम्बन्धित कम्तीमा १ हजार ४४ वटा घटना प्रहरीको जानकारीमा आएका थिए । ती घटनामा कार्यालय तथा औद्योगिक क्षेत्रहरूमा अवरोध सिर्जना गर्ने र फोहोर फाल्ने कन्टेनरहरूमा आगजनी गर्ने जस्ता गतिविधि समावेश थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images