काठमाडौं – झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ उक्त सफारीको ठक्करले उनको निधन भएको हो ।
ठक्करबाट टाउकामा चोट लागेर घाइते राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकामा उपचारको क्रममा त्यहाँ निधन भएको थियो । घटनापछि प्रहरीले सफारीका चालक मेचीनगर–१५ कै ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्





















