images
images
  • साढे ९ रुपैयाँले घटेर आयो पेट्रोलको मूल्य, डिजेल कतिले घट्यो ?

    काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो।

    नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ। त्यस्तै, डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

    इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो।

    यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो।

    अहिले पनि घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा लगभग साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ।

    स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १९ रुपैयाँ र डिजल लिटरमा १४ रुपैयाँ नाफा रहने छ।

    निगमको हालसम्म ४२ अर्ब ५२ करोड रुपैयाँ दायित्व बाँकी रहेको निगमले जनाएको छ। निगमले आइओसीको ६ अर्ब ४० करोड बक्यौता तिर्न बाँकी भन्दै पछिल्लो समय मूल्य घटाउन आनाकानी गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images