काठमाडौं- नेपाल प्रहरीका एक सिनियर अधिकृतले डिभीका कारण जागिर गुमाएका छन् ।
एसपी बढुवाको प्रतिस्पर्धामा अग्रस्थानमा रहेका डिएसपी राजेश थापा एसपी त हुन पाएनन् नै जागिरबाट समेत राजीनामा दिनुपरेको छ ।
गत शुक्रबार प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भयो । डिएसपी थापा वरियतामा एक नम्बरमा थिए ।
यसअघि पनि छुटेकाले यसपटक पर्ने निश्चित जस्तै थियो । तर,डिभीमार्फत उनले अमेरिकाको पिआर प्रक्रिया अघि बढाइसकेको उनका प्रतिस्पर्धीले चाल पाए ।
त्यसपछि बर्खास्त हुनसक्ने भन्दै उनलाई राजीनामा दिन लगाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
उनको डिभी काण्डको फाइदा डिएसपी राजन भुजेललाई भयो । यसपटक पूर्णरुपमा टप २२ भित्र परेकालाई मात्र बढुवामा पारिएको छ । भुजेल २२ औं नम्बरमा बढुवा भएका छन् । थापाले राजीनामा नदिएको भए उनी छुट्ने थिए ।
प्रतिक्रिया दिनुहोस्






















