images
images
  • माध्यमिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

    काठमाडौं- माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ ।

    शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ ।

    योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

    अनलाइन फाराम जततउकस्ररष्अिभलकभ।तकअ।नयख।लउ मार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

    थप जानकारी आयोगको वेबसाइटwww.tsc.gov.np बाट लिन सकिनेछ ।

    TSC notice nnn

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images