images
images
  • सशस्त्र प्रहरीका सहायक हवल्दार जितेन्द्र निलम्बित

    काठमाडौं- सशस्त्र प्रहरी बलका सहायक हवल्दार (घुमुवा) जितेन्द्र सहनी कारबाहीमा परेका छन् ।

    उनलाई सशस्त्र प्रहरी कर्मचारीको आचरण बिपरीत  बिरगंज नगरपालिकाको बसपार्क इलाकामा गई स्थानीय ब्यापारीसँग झगडा गरी सशस्त्र प्रहरी र नेपालको प्रतिष्ठामा आँच आउने कार्य गरेको भन्दै सशस्त्र प्रहरी नियमावली  २०७२ बमोजिम नेपाल नेंपाल नं. २ छिन्नमस्ता बाहिनी मूख्यालय महोत्तरीबाट निलम्बन गरिएको हो ।

    यसअघि बैशाख २३ गते शनिबार बिरगंज बसपार्कमा व्यापारीहरूसंग रकम उठाउन गएपछि बिबादको क्रममा स्थानीय व्यापारीहरूले कुटपिट गरेका थिए ।

    सहायक हवल्दार सहनी बारम्बार यस्तै बिबादमा परिरहन्छन । यसअघि पर्सामा उनी लामो समयदेखि घुमुवाको रूपमा परिचालन हुदै आएका थिए । त्यतिबेला देखि नै उनी बिबादित थिए ।

    झण्डै दुई महिना अघि भट्टीमा आइजिपी र गणपतिको नाम लिदै विभिन्न कुरा गरेको भिडियो सार्वजनिक भए पछि महोत्तरी बाहिनीमा तानिएका सहनी कहिले बाबु बिरामी भएर त कहिले कुनै बाहनामा बिदामा घर पर्सा आएर, यस्तै उठन्तीमा सक्रिय रहेको समाचार पनि सार्वजनिक भएका थिए ।

    bbb

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images