images
images
  • प्रभु लाइफको नाफा ३० प्रतिशतले वृद्धि

    काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ३० प्रतिशतले वृद्धि भएको छ।

    चालु आर्थिक वर्षको चैतसम्मको कम्पनीको नाफा १३ करोड २३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा नाफा १० करोड रुपैयाँ थियो।

    उक्त अवधिमा कम्पनीको बीमाशुल्क १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्षको भन्दा ०.२४ प्रतिशत बढी हो। गत आव कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

    कम्पनीले ५१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष २७ करोड ६६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। दाबी भुक्तानी गत वर्षको भन्दा ८४.७३ प्रतिशतले बढी हो। कम्पनीले अझै ६७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

    लगानी कर्जा तथा अन्यबाट २२ करोड रुपैयाँ आय गरेको छ। बीमालेख कर्जाबाट १ करोड ४८ लाख रुपैयाँ आय गरेको छ।

    अभिकर्ता कमिसनमा २१ करोड रुपैयाँ खर्च गरेको छ। व्यवस्थापनमा २ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ।

    चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५९ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा ३ अर्ब ७४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४ करोड रुपैयाँ जम्मा छ।

    चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.८३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३२.१७ रुपैयाँ कायम छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images