काठमाडौं- साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
शुक्रवार सुन तोलामा ८ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा ५५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा आइपुगेको छ। बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















