images
images
  • मन्त्रिपरिषद्ले रोक्यो ‘नयाँ स्टक एक्सचेञ्ज’को लाइसेन्स दिने प्रक्रिया

    काठमाडौं-  मन्त्रिपरिषद्ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले धितोपत्र बोर्डलाई पत्र पठाएर मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रिया रोक्न भनेको छ ।

    धितोपत्र बोर्ड स्रोतले बिहीबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इमेलमार्फत प्रक्रिया रोक्ने जानकारी गराएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार बोर्डले अगाडि बढाएको नयाँ स्टक एक्सचेञ्ज दिने प्रक्रिया रोकिएको हो ।

    धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका थिए । सर्वोच्च अदालतले लाइसेन्स दिने बाटो खोलेपछि हमालले यसको प्रक्रिया अगाडि बढाएका थिए । उनले निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएका टिप्पणी भइरहेको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री डा. प्रकाशशरण महत लाइसेन्स दिने पक्षमा थिएनन् । धितोपत्र बोर्डका कर्मचारीले अर्थमन्त्रीलाई लाइसेन्स दिने नीति ठिक भए पनि अध्यक्ष हमालले एउटा व्यापारिक समूहलाई लाइसेन्स दिन काम गरेको जानकारी गराएका थिए ।

    धितोपत्र बोर्डले लाइसेन्स मागेपछि बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज तथा अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images