काठमाडौं- आइएमई पेले रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा एक सय रुपैयाँ बोनस दिने भएको छ।
आइएमई पेले वालेटमा रेमिटेन्स दाबी गर्ने ग्राहकहरुलाई ५० रुपैयाँ बोनस दिँदै आएकोमा सो बोनस रकम बढाएर १०० रुपैयाँ दिने निर्णय गरेको हो।
अब अमेरिका, युरोप, क्यानडा, मलेसिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुनसुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिटेन्सको रकम आइएमई पेमा प्राप्त गर्दा सय रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















