images
images
  • भाउजूको चाकडी नगर्दा बढुवाबाट वञ्चित भई सेवाबाट हट्नु पर्‍यो: पूर्व एसएसपी विष्ट

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तातिरहँदा नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले प्रहरीमा हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइबारे खुलासा गरेका छन् ।

    प्रहरी सेवामा रहँदा आफूमाथि राजनैतिक आक्रमण भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको खुलासा गरेका हुन् ।

    २०४७ सालमा २४ घण्टामा सरुवा गरिएको उल्लेख गर्दै सोझा गाउँलेलाई डाँका मुद्दा लगाएर फसाउन नमान्दा दार्चुला सरुवा भएको विष्टको भनाइ छ।

    विक्रम सम्वत २०४७ मा सप्तरीबाट २४ घण्टामा दार्चुला सरुवा गरेको उनले लेखेका छन् कारण रुपनीका निमुखा गाउँलेहरूलाई फसाउन रचिएको झुटा डाँका मुद्धा दर्ता गर्न नमानेको । सरुवा नेपाली काँग्रेस सप्तरीका नेता राम कुमार चौधरी गरेको विष्टले उल्लेख गरेका छन् । जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र भएको उनको भनाई छ ।

    २०७३ सालमा आफूमाथि दोस्रो आक्रमण भएको बताउँदै सिनियारिटीमा एक नम्बरमा रही कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटो बुझाउन नसक्दा आफू छुटेको बताएका छन् ।

    ‘कार्यसम्पादनमा समेत अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजूलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको थियो। जस होस् नेपाली काँग्रेसको,’ विष्टले भनेका छन्।

    विष्टको बढुवाका क्रममा २०७३ पुस १ गते तीन डिआइजीको रिक्त पदमा गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई बढुवाका लागि सिफारिस गरिएको थियो।

    बढुवामा छुटेपछि विष्ट २०७३ पुस १५ गते एसएसपीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए।

    https://www.facebook.com/chintan55?fref=nf

    प्रतिक्रिया दिनुहोस्
    images
    images