images
images
  • सशस्त्रद्धारा करिव २८ लाख रुपैयाँ बढीको चौरी गाईको पुच्छरसहित ४ जना पक्राउ

    काठमाडौं- महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकासकुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय उमेशबहादु्र बस्नेत, बारा जिल्लाको सिमरा नगरपालिका १ बस्ने ६० वर्षीय सुमन मान्नधर र धनुषा जिल्लाको हंसपुर नगरपालिका ४ बस्ने ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।

    काठमाडौंबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २-०३-००१ ख १२१५ नम्बरको यात्रुवाहक बसबाट मलिवाडा बसपार्कमा सो मूल्य बराबरको चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेकाहरुलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीको लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ । सो बस समेत आवश्यक छानविनको लागि सोही शाखामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images