काठमाडौं- सरकारले गृह मन्त्रालयमा सचिव हेरफेर गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव दिनेश भट्टराईलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय मङ्गलवारको बैठकले गरेको हो ।
भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका थिए । गृह सचिव विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।
भट्टराई भोलिबाट गृहमा हाजिर हुनेछन् । भट्टराई मुख्य सचिव शंकरदाश वैरागीका खास पात्र मानिन्छन् ।
नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरण उत्कर्षमा पुगेका बेला सरकारले गृह सचिव हेरफेर गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएका बेला सचिव फेरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















