images
images
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’मा विशेष छुट

    काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘दृश्य लाउन्ज’मा विशेष छुट पाउने भएका छन् ।

    भिसा डेबिट कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन नयाँ ‘दृश्य लाउन्ज’सँग सम्झौता गरिएको बैंकले जनाएको छ ।

    सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिस डेबिट कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले ‘दृश्य लाउन्ज’ मा फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images