काठमाडों- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परसिूचक आज दोहोरो अङ्कले घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.१२ अंक (१.०२ प्रतिशत) ले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको छ ।
ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटभि परसिूचक ३.१४ अङ्कले ओरालो लागेर ३५४ .७८ मा सीमति भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गरिावट आएको नेप्सेले जनाएको छ।
कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
आइतबार नेप्सेमा २३ हजार ५१ वटा कारोबारमा २० लाख १५ हजार ९५९ कित्ता धितोपत्र किनबचे हुँदा ६० करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।
कारोबारका आधारमा शिबम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३ करोड २२ लाख ३७ हजार छ सय सात मूल्य बराबरको शेयर कारोबार भयो।
यस्तै, मकर जतिुमाया सुरी हाइड्रोपावर १ करोड ८९ लाख ७६ हजार १०३, नबलि बैंक १ करोड ६८ लाख २३ हजार, एनआइसी एशयिा बैंक रु१ करोड ५४ लाख ७० हजार ६२३ र ङादी ग्रुप पावरको एक करोड ५३ लाख १५ हजार ५९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभत्रि पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आत्मनर्भिर लघुवत्ति ८.२२,इस्टर्न हाइड्रोपावर ७ .६१, सनराइज ब्ल्यूचपि फण्ड ५ .८७,राष्ट्र उत्थान लघुवत्ति ३ .७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य ३ .४८ प्रतशितले बढेको छ।
यस्तै एनएमबी बैंकको ऋणपत्र ८.८३, मकर जीतुमाया सुरी हाइड्रोपावर ८ .३१, घलेम्दी हाइड्रोपावर ५ .८२, मन्दाकनिी हाइड्रोपावर ५ .७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य ५. ७१ प्रतशितले घटेको छ।


विश्व खबर 



















