images
images
  • कञ्चनपुरका सशस्त्र प्रहरीका सिमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार

    महेन्द्रनगर- कञ्चनपुर सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।

    दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।

    गत शुक्रवार राती होहल्ला गरे पछि सम्झाउन गएका सई चौंसिर माथी खुकुरी प्रहार गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुख माथी खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारवाट उनको बाया पाखुरामा चोट लागेको छ ।

    खुकरी प्रहार गरी फरार रहेकाहरुको अहिले खोजी कार्य जारी राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images