images
images
  • नक्कली शरणार्थीमा रिमालको टिप्पणीः कानुन भन्दा माथि कोही हुँदैनन्

    काठमाडौं- नेकपा एमालेका नेता विष्णु रिमालले भुटानी शरणार्थी मुद्दाका दोषीहरुले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

    नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि किर्ते कार्य गरेको भन्दै एमाले सचिव टोपबहादुर रायमाझी पनि संलग्न भइरहेको खबर बाहिर आएको बेला रिमालको यस्तो टिप्पणी आएको हो ।

    ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न। निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ।यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images