काठमाडौं- सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको छ ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ०.६९ प्रतिशतले वृद्धि भएको हो । आज कारोबार रकम ११ करोड २४ करोड रुपैयाँले बढेको हो ।
बुधबार ६२ करोडमा सीमित भएको कारोबार रकम बिहीबार बढेर ७३ करोड २७ लाख पुगेको छ । २० हजार ६५५ वटा कारोबारमा २५ लाख ३३ हजार ७१४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक वृद्धि निर्जीवन बिमा समूहको भएको छ ।
आज दुई ऋणपत्रको मूल्य सर्वाधिक घटेको छ । मूल्य घट्नेमा एनएमबि डिबेन्चेर ८.५० प्रतिशत–२०८७÷०८८ र १०.२५ प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ रहेका छन् ।
एनआईबीएल ग्रोथ फन्डको इकाइ मूल्य र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
आज नबिल बैंकको प्रमोटर सेयर सबैभन्दा बढीको खरिदबिक्री भएको छ । यो बैंकको चार करोड ५० लाख रुपैयाँको प्रमोटर सेयर खरिद–बिक्री भएको छ ।
आज शिवम् सिमेन्टको दुई करोड २१ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज नेप्सेमा सूचीकृत ‘ए’ क्याटागोरीमा रहेका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ०.५८ प्रशितले वृद्धि भएको छ ।


विश्व खबर 



















