images
images
  • लगातार ओरालोमा सेयर बजार, ९.१८ अंकले घट्यो नेप्से

    काठमाडौं- पछिल्ला दिनहरूमा सेयर बजार लगातार ओरालो लागेको छ । गत मंगलबार बढेर बन्द भएको नेप्से बुधबारपछि लगातार पाँचौ कारोबार दिन पनि घटेको हो ।

    साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.१८ अंकले गिरावट हुँदा १८५७.२३ विन्दुमा बन्द भएको छ ।

    यस्तै आर्थिक मन्दीको प्रभाव बढ्दै जाँदा कारोबार रकम पनि ६२ करोडमा सीमित भएको छ ।

    १८ हजार ८७६ वटा कारोबारमा २१ लाख ५५ हजार ५८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा ६२ करोड २ लाख ६६ हजारको कारोबार भएको छ । मंगलबार ६९ करोडको कारोबार भएको थियो ।

    यस दिन शिवम् सिमेन्टको ३ करोड ५ लाख रुपैपाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको दुई करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ ।

    म्युचुअल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images