images
images
  • नेप्सेमा सामान्य अङ्कको गिरावट, ६९ करोड २२ लाखको कारोबार

    काठमाडौं- आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२७ अङ्कले घटेर एक हजार आठ सय ६६.४० अङ्कमा कायम भएको हो।

    नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ।

    आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो देखिएका छन्। विकास बैंक समूह १.५९, वित्त समूह २.१८ र होटल तथा पर्यटन समूह १० दशमलव १७ अङ्कले बढेका छन्।

    त्यस्तै, जीवन बीमा ३.९३, उत्पादन तथा प्रशोधन ९.८९, म्युचुअल फन्ड ०.०७ र अन्य समूह ०.२४ अङ्कले बढेको छ। आज घट्नेमा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ३१ .५७ अङ्कले घटेको छ।

    त्यसैगरी, बैंकिङ समूह एक दशमलव ०६, जलविद्युत् समूह २०.६६, लगानी समूह ०.१६, लघुवित्त समूह २०.६० र निर्जीवन बीमा समूह २६.२५ अङ्कले घटेको छ।

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै  ८.२० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य ४.६० प्रतिशतले घटेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images