images
images
  • रवि लामिछानेका गाडी चालक थापाको उपचारका क्रममा निधन

    काठमाडौं- रास्वपा सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा निधन भएको छ ।

    वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको ललितपुर प्रहरी प्रवक्ता प्रवीण पोखरेलले जानकारी दिए ।

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

    चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

    थापाका श्रीमती र दुई सन्तान छन् ।

    रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थापा छतबाट खसेका थिए । उनी कसरी खसे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images