images
images
  • ६ बुँदे मागसहित सेयर लगानीकर्ताले अर्थमन्त्रीलाई बुझाए ज्ञापन पत्र

    काठमाडौं- सेयर लगानीकर्ताले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ज्ञापन पत्र बुझाएका छन् ।

    सोमबार बिहान अर्थमन्त्री महतलाई भेटेर सेयर लगानीकर्ताहरूले ६ बुँदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् ।

    मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने र जोखिम भार घटाउनुपर्ने माग उनीहरूको छ । ।

    नेपाल इन्भेष्टर फोरम, सेयर लगानीकर्ता सङ्घ नेपाल र नेपाल पूँजी बजार लगानीकर्ताले संयुक्त रूपमा बुझाएको ज्ञापन पत्रमा खुल्ला रूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियाविना ढिलासुस्ती कार्यान्वयन गर्नु पर्ने लगायतका माग उल्लेख छन् ।

    ‘१२ करोडसम्मको सेयर कर्जाको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका अनुरोध गर्दछौँ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुपर्छ ।’

    यस्तो छ ज्ञापनपत्र :

    mag patra

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images