
काठमाडौं- साताको पहिलो दिन सामान्य बढेको सुनको मूल्यमा सोमबार सामान्य गिरावट आएको छ । अघिल्लो दिनको भन्दा सुन तोलामा २ सय रुपैयाँले घटेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा एक सय रुपैयाँले बढ्दा प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ थियो।
चाँदीको मूल्य सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्