काठमाडौं- दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष र महासचिव पद निर्विरोध रुपमा चयन गरिएको छ ।
अध्यक्षमा डा. प्रणय शाक्य र महासचिवमा डा. विश्व प्रकाश ठाकुर निर्विरोध निर्वाचित भएका हुन् ।
महासचिवनमा निर्विरोध चयन भएका डा. ठाकुर यसअघि सहसचिव थिए । सहसचिवमा पनि उनी निर्विरोध चयन भएका थिए।
अध्यक्ष र महासचिव पदबाहेकका पदमा काठमाडौं उपत्यका बाहिर वैशाख १६ गते मतदान हुँदैछ भने काठमाडौं उपत्यकामा वैशाख २३ गते मतदान हुने एसोसिएसनका महासचिव डा. गालव अधिकारीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिव सहितका पदहरुमा मतदान हुनेछ । डा. गालबका अनुसार डेन्टल एसोसिएसनमा २ हजारभन्दा बढी दन्त चिकित्सकहरु सदस्य रहेका छन् ।
उपाध्यक्षमा डा.सुमन काफ्ले र डा.रोसन चौधरी प्रत्यासी रहेका छन् । कोषाध्यक्षको प्रत्यासीमा ड.विधान श्रेष्ठ र डा.आशुतोष शुक्ला रहेका छन् । यस्तै, सहसचिवमा डा.हरि प्रसाद ओली र डा.शंकर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुनेछ ।


विश्व खबर 



















